काठमाडौँ, ७ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ ।
बालुवाटारमा भएको उक्त बैठकमा जिल्ला इञ्चार्ज तथा सहइञ्चार्ज तोक्नेबारे छलफल हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीको युरोप भ्रमणअघि यसबारे लामो छलफल भएपनि मापदण्डबारे सहमति हुन सकेको थिएन ।
उक्त बैठकमा पार्टीको राजनीतिक दस्तावेज प्रकाशन लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्