विश्व

जर्जियाका सभामुखद्वारा राजीनामा



एजेन्सी, ७ असार । जर्जियाका सभामुख इराक्ली खोबाखिजेले देशमा प्रदर्शन भएको मामुली कारणले पदबाट राजिनामा दिएका छन् ।

रुसको एक टोलीको विवादास्पद जर्जिया भ्रमणपछि त्यहाँका विपक्षी दल सत्तारुढप्रति रुष्ट छन् । सुरुमा सभामुखको राजीनमा मागेर आन्दोलनमा उत्रिएका विपक्षी दललगायतले आन्तरिक मामिला मन्त्रीको राजीनामा र आम निर्वाचनलाई पनि बटमलाइन बनाएका छन् ।

यहीबीच भएको आन्दोलनमा प्रदर्शनकारी घाइते भएपछि त्यहाँका सभामुख इराक्ली खोबाखिजेले पदबाट राजीनमा दिएका हुन् । इराक्ली जर्जियाको सत्ताधारी दल जर्जिया ड्रिम पार्टी ९खाखा खालाजे० का महासचिवसमेत हुन् ।

संसद भवन नजिकै सांसदसमेतको सहभागितामा भएको आन्दोलनका क्रममा ४० प्रहरीसहित २४० जना घाइते भएका थिए । जसमध्ये २ को अवस्था गम्भीर रहेको बताइएको छ ।