एजेंसी, ७ असार । भारतमा इन्सेफ्लाइटिस रोगका कारण मृत्यु हुनेको संख्या १ सय ६१ पुगेको छ ।
विहारमा रोग फैलिएर मृत्यु हुनेको संख्या बढ्दै गएपछि प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी, स्वयंसेवक लगायतका विशेष सहयोगी परिचालन गरिएको छ ।
टाउको दुख्ने, उच्च ज्वरो आउने लगायतका लक्षण देखिने यो सरुवा रोग भएकाले त्यसबाट बच्न र त्यस्ता लक्षण देखिँदासाथ नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न चिकित्सक र विभिन्न निकायले आग्रह गरेका छन् ।
विहारका मुख्यमन्त्री नीतिश कुमारले स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीसाग पटकपटक छलफल गर्दै रोग फैलिन नदिन र बिरामीको उपचारलाई प्रभावकारी बनाउन आवश्यक निर्देशन दिँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्