काठमाडौँ, ८ असार । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले इन्काउण्टरको संस्कृति विकास हुँदै जाँदा कानुनी राज्यको उपहास हुँदै गएको बताउनुभएको छ ।
आयोगले शनिबार काठमाडौँमा गरेको कार्यक्रममा उहाँले पछिल्लो समय इन्काउण्टर संस्कृति विकास हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभएको हो । उहाँले कुनै पनि आपराधिक घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान गरी अपराध प्रमाणित गर्नुपर्ने हो तर त्यसो नभएको उहाँको गुनासो छ ।
उहाँले भन्नुभयो, ुप्रहरीले आफ्नो सजिलोका लागि इन्काउण्टर शब्द प्रयोग गरी व्यक्ति हत्या गर्ने प्रवृति बढ्दै जाँदा त्यसले कानुनको उपहास गर्ने, इन्काउण्टर संस्कृतिको विकास भो भने कानुनी राज्यको उपहास गर्छ ।ु उहाँले सरकार र मातहतका निकायलाई त्यसतर्फ सचेत बन्न सुझाव दिनुभएको छ ।










प्रतिक्रिया दिनुहोस्