काठमाडौँ, ८ असार । नेपाल कम्युनिस्ट पार्टी नेकपाले राजनीतिक प्रतिवेदनलाई सम्पादनमा लैजाने निर्णय गरेको छ ।
शनिवार बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले राजनीतिक प्रतिवेदनलाई सम्पादनका लागि पठाउने निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्रीले आफ्नो युरोप भ्रमणका बारेमा पनि जानकारी गराउनुभएको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न विषयमा जानकारी गराउनुभएको थियो ।
महासचिव विष्णु पौडेलका अनुसार राजनीतिक प्रतिवेदन कसरी सम्पादन भइरहेको छ भन्ने जानकारी गराएका थिए । साथै छिट्टै एकताका बाँकी काम सम्पन्न गर्ने निष्कर्ष निकालिएको उहाले बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्