राजनीति

सरकारले प्रदेश र स्थानीय तहको अधिकारमाथि हस्तक्षेप गर्यो : नेता सिंह



बारा, ८ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले प्रदेश र स्थानीय तहको अधिकारमाथि हस्तक्षेप गर्दा संघीयता नै चुनौतिमा पर्दै गएको आरोप लगाउनुभएको छ ।

शनिबार बाराको सिमरा विमानस्थलमा स्थानीय पत्रकारहरुसित कुरा गर्दै नेता सिंहले वर्तमान नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ओली सरकारले संविधानको मूलमर्म र भावनाअनुरुप काम गर्न नसकेको आरोप लगाउनुभयो ।

सरकारले क्षेत्राधिकारभन्दा बाहिर गएर प्रदेश र स्थानीय तहको अधिकारमाथि हस्तक्षेप गर्दा संघीयता नै चुनौतिमा रहेको दावी गर्नुभयो ।