Banner News

दिगो विकासको लक्ष्य हासिल गर्न बजेटको आकार बढाउनुपर्छ : मन्त्री खतिवडा



काठमाडौँ, ८ असार । अर्थमन्त्री डा. युवराज खतिवडाले दिगो विकास लक्ष्य हासिल गर्न बजेटको आकार बढाउनुपर्ने बताएका छन ।

आइतबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक अन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदै दक्षिण एशियामा सबैभन्दा बढी वैदेशिक ऋण लिने नेपाल रहेको र दिगो विकास लक्ष्य हासिल गर्न बजेटको आकार बढाउनुपर्ने बताए ।

आर्थिक वर्षको बजेटले आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सक्ने बताउदै उनले भने, ‘सरकारी, निजी र सहकारीलगायत सबै मिलेर काम गर्ने हो भने आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न ठूलो कुरा छैन ।’

अर्थमन्त्री डा खतिवडाले बजेट विनियोजनमा तराई–मधेशलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्दै भौतिक पूर्वाधारमा मात्र रु एक अर्वमाथि बजेट विनियोजन गरिएको बताउदै आर्थिक क्षमता बढाएर वितरण गर्दै जाने र जनताको जीवनस्तर माथि उकास्नु नै सरकारको लक्ष्य रहेको बताए ।