काठमाडौँ, ९ असार । प्रतिनिधिसभाको आजको बैठक ११ बजे सुरु हुने भएको छ ।
उक्त बैठकमा ६ वटा मन्त्रालयगत शीर्षकमा विनियोजन गरिएको बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयका लागि विनियोजन गरिएको बजेटमा सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले जवाफ दिने भएको छ ।










प्रतिक्रिया दिनुहोस्