Banner News

ओली–प्रचण्डबीच पार्टी र मन्त्रिमण्डल परिवर्तनकाबारे छलफल



काठमाडौँ, ११ असार । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डबीच पार्टी र मन्त्रिमण्डल परिवर्तनकाबारे छलफल भएको छ ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा राजनीतिक दस्तावेज सार्वजनिक गर्ने, नेताहरूको कार्यविभाजन र मन्त्रिमण्डल हेरफेरका विषयमा कुराकानी भएको बालुवाटार स्रोतले बताएको छ।

छलफलमा पार्टी एकता हुन नदिन र परिस्थिति बिथोल्न धेरै शक्ति लागि परेकाले पार्टी एकतालाई अन्तिम रुप दिएर त्यसका विरुद्ध लड्नुपर्ने निश्कर्ष निकालिएको छ ।

प्रधानमन्त्रीले अहिले विभिन्न विषयमा छलफल गरिरहेको र विवाद देखिएका विषयलाई कसरी सल्टाउने भनेर परामर्श गरिरहेको बताइएको छ ।