चितवन, ११ असार । चितवनमा विश्वकप क्रिकेट प्रतियोगितामा सट्टेबाजी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
मङ्गलबार राति नवलपरासी घर भई भरतपुर महानगरपालिका–३ मा बस्ने ३३ वर्षीय मुकेशकुमार शाहलाई तीन लाख ४५ हजार ५६ रुपैयाँ र ६ थान मोबाइलसहित प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार नेपाली तथा भारतीय नागरिकलाई आबद्ध गराई ठूलै रकमको सट्टेबाजी गराउँदै आएका शाह विगतमा पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलहरुमा सट्टेबाजी गर्ने तथा गराउने कार्यमा संलग्न रहेको जनाएको छ ।
शाहलाई मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद ५ सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरअन्तर्गत दफा १२५ को उपदफा ४ बमोजिम कारवाही गरिने प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिएको छ ।










प्रतिक्रिया दिनुहोस्