अर्घाखाँची, १२ असार । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सन्धिखर्क १० पोखेडाँडा खहरेखोलामा नौलापानीबाट सन्धिखर्क आउँदै गरेको लु१च९४७७ नम्बरको जिप सडकबाट करिब १ सय ५० मिटर तल खसेर सन्धिखर्क-९ का ७० वर्षीय बोमबहादुर खत्रीको मृत्यु भएको हो ।
जिप चालक झबिन्द्र खत्री र अनिल जिसी घाइते भएका छन् । उनीहरुको उपचारका लागि बुटवल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्