काठमाडौँ, १२ असार । आज बिहीबार देशका अधिकांश स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशभर मनसुन सक्रिय रहेकोले गर्मी केही कम हुने जनाइएको छ । पुर्व र मध्यका धेरै स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षा एवं शदलीको सम्भावना रहेको महाशाखाले जनाएको हो ।
आजराति धेरै ठाँउमा वर्षा हुने तथा देशको मध्य र पुर्वी भूभागमा सामान्य बदलि र पश्चिमि भूभागमा आंशिक देखि सामान्य बदलि भइ पुर्व र मध्यका केहि स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्