काठमाडौँ, १२ असार । काठमाडौँमाबाट ५५ लाख पर्ने गैंडाको खागसहित ३ जना पक्राउ परेका छन ।
बुधबार दिउँसो सिर्दिबासका ५३ वर्षीय लाल बहादुर गुरुङ, धादिङ महादेववेशि थाक्रे गाउँपालिका-६ का मकवानपुर घर भएका ३३ वर्षीय अष्ट बहादुर थिङ र धादिङ महादेव वेशि थाक्रे गाउँपालिका-११ बस्ने ३४ वर्षीय गोबिन्दप्रसाद मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले दुर्लभ वन्यजन्तु गैंडाको खाग ५५ लाख रुपैयाँमा बिक्री गरिरहेको सुचना पाएपछि लालबहादुरको डेरामा खानतलासी गर्दा खाग १ थान र सेतो सिसाको पत्थर जस्तो देखिने वस्तु १ थान फेला परेको हो ।
उक्त घटनाबारे थप अनुसन्धानकालागि जिल्ला वन कार्यालय हात्तिसार पठाइने प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्