कञ्चनपुर, १२ असार । कञ्चनपुरमा जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय प्रमुख दुई लाख घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुरस्थित सम्पर्क कार्यालयको टोलीले अजितकुमार श्रीवास्तवलाई दुई लाख घुससहित पक्राउ गरेको हो ।
श्रीवास्तवले चौधर नदीमा निर्माण गरिएको तटबन्धको भुक्तानी दिने क्रममा घुस लिएको र उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्