Banner News

पार्टी एकताको समयमा भएको सहमति कार्यान्वयन हुन्छ : अध्यक्ष प्रचण्ड



काठमाडौँ, १३ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको समयमा भएका सहमति कार्यान्वन हुनेमा ढुक्क हुन आफु निकटका नेताहरुलाई आग्रह गर्नुभएको छ ।

विहीबार नीजि निवास खुमलटारमा आफू निकटस्थ नेतासँग अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएका सहमतिका विषयमा ब्रिफिङ गर्दै जनताको जनवाद कि जनताको बहुदलीय जनवाद हुने भन्ने विषयको बहस सतहमा आएको थियो । स्रोतका अनुसार उहाँले भन्नुभयो, ‘एकताका बेला भएको सहमतिअनुसार जनताको जनवाद र आलोपालो प्रधानमन्त्री दुवै कार्यान्वयन हुन्छ ।’