समाचार

इपिएसको नतिजा आज सार्वजनिक हुदै



काठमाडौँ, १३ असार । कोरियाली भाषा परीक्षाको नतिजाआज सार्वजनिक हुने रोजगार अनुमति प्रणाली इपिएस शाखाले जानकारी दिएको छ ।

गत जेठ २५ र २६ गते सम्पन्न भएको कोरियाली भाषा परीक्षामा ९२ हजार ३ सय ५६ जनाले आवेदन दिएका थिए । आवेदन दिने मध्ये ८४ हजार २ सय १५ जनाले मात्र भाषा परीक्षा दिएका छन् । यसमध्ये ८ हजार १ सय ४१ जना अनुपस्थित भए भने अमर्यादित काम गर्ने १ सय ५६ जनाको परीक्षा रद्द गरिएको थियो । दक्षिण कोरिया सरकारले सन् २०१९ का लागि उत्पादन र कृषि तथा पशुपालन क्षेत्रमा गरी १० हजार ५० नेपाली कामदार लैजाने निर्णय गरेको छ ।

कोरियाले सन् २०१९ का लागि उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० र पशुपालनतर्फ तीन हजार कामदार लैजाने इपिएस कोरिया शाखाले जनाएको छ । यसवर्षको परीक्षामा १० हजार परीक्षार्थी पास हुने अनुमान शाखाले गरेको छ ।

भाषा परीक्षाको नतिजा www.epsnepal.gov.np र वदेशिक रोजगार विभागको वेभसाइट www.dofe.gov.np मार्फत पनि हेर्न सकिनेछ।