Banner News

भोली हुने बृहत विदेश नीति संवादमा प्रधानमन्त्री ओलीद्वारा सम्बोधन



काठमाडौँ, १३ असार । काठमाडौँमा भोली हुने विदेशनीति संवादमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन ।

परराष्ट्र मन्त्रालय, परराष्ट्रमामिला अध्ययन प्रतिष्ठानको आयोजनामा हुने उक्त वृहत संवादमा नेपालको विदेश नीतिलाई परिवर्तित विश्व व्यवस्था अनुकुल बनाउदै नेपालको अन्तराष्ट्रिय छवि थप उजिल्याउने उदेश्यले विदेशनीति संवाद हुने भएको हो ।

सरकारले उक्त संवादमार्फत विश्वमा देखा परेको नयाँ प्रविधिसँग नेपाललाई अभ्यस्त बनाउन सम्बद्ध विज्ञहरुसँग संवाद थालेको हो । नेपालको विदेश सम्बन्धलाई दुई छिमेकमा मात्र सिमित नराखी अमेरिका युरोप, आशियन राष्ट्र लगायतका शक्तिराष्ट्र र क्षेत्रिय मन्चहरुमा समेत विस्तार गरेको प्रष्ट भुमिका देशभित्र समेत सवैको विदेश नीतिका सन्दर्भमा समान धारणा कायम हुनुपर्छ भन्नेमा सरकार दृढ छ । त्यसैका निम्ती यो विदेश नीति संवाद श्रृखला शुरु भएको हो ।

नेपाल चीनीया राष्ट्रपति सी जिनपिङको सपना परियोजना ‘बिआरआई’को सदस्य भइसकेको अवस्थामा त्यसलाई काउन्टरगर्ने उदेश्यले ल्याइएको ‘इन्डो प्यासिफिक स्टाट्रेजी’ (हिन्द प्रसान्त रणनीति)मा नेपाल फसेको भन्ने खालका भ्रामक प्रचारका बीचमा त्यसलाई प्रष्टपार्न बृहत संवाद हुन्छ ।