काठमाडौँ, १३ असार । ‘धर्ती माता’ भनिने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार बिहान बालाजुबाट काठमाडौँ प्रहरी परिसर टेकुको विशेष टोलीले ‘धर्ती माता’ भनिने विष्णु कुँवरलाई पक्राउ गरेको हो ।
भद्रकाली मन्दिरमा आफूलाई ‘धर्ती माता’ बताएर युवतीलाई यातना दिइरहेको भिडियो सार्वजनिक भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । प्रहरीले हालसम्म पीडितलाई भने नभेटे पनि उजुरी दिन आग्रह गरेको छ ।
भिडियोमा दुई प्रहरी अधिकृत पनि देखिएका थिए । घटनालाई लिएर सर्वसाधारणले प्रहरी प्रशासनको आलोचना गरेपछि अनुसन्धान सुरु भएको थियो ।
भिडियो










प्रतिक्रिया दिनुहोस्