काठमाडौँ, १३ असार । बर्षाका कारण महोत्तरी, धनुषा र सर्लाहीको संयुक्त जलेश्वर कारागार डुबानमा परेको छ ।
शुक्रबार बर्षाका कारण उक्त कारागार डुबानमा परेको हो । कारागारभित्र कैदीबन्दी बस्ने बन्दीगृहबाट पानी निकासका लागि बनाइएको नाला भएर पनि बाहिरको पानी भित्र प्रवेश गरेर पूरै कारागार डुबान भएको छ ।
जलेश्वर कारागारमा ४१९ जना पुरुष, ४१ जना महिला र ३ आश्रित बालबालिका गरी जम्मा ४६३ जना कैदीबन्दी रहेका छन् ।










प्रतिक्रिया दिनुहोस्