राजनीति

मुख्यमन्त्री राई तीन दिने भमणका लागि अमेरिका जाने



विराटनगर, १४ असार । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई तीन दिने भमणका लागि अमेरिका प्रस्थान गर्ने भएका छन् ।

प्रदेश सरकारको शुक्रबार बसेको बैठकले मुख्यमन्त्री राईको भ्रमण स्वीकृत गरेको छ । मुख्यमन्त्री राई बाल्टिमोरमा जुलाई ५, ६ र ७ ९असार २०, २१ र २२ गते० मा हुने नेप्लिज एसोसिएसन इन अमेरिकाको नेशनल कन्फरेन्समा सहभागी हुन अमेरिका प्रस्तान गर्न लागेका हुन् ।

आगामी असार १६ गते अमेरिकातर्फ गई मुख्यमन्त्री राई २५ गते फर्कने कार्यक्रम रहेको छ ।