राजनीति

सांसद बस्नेतद्वारा आर्थिक वर्ष २०७५/०७६ मा भईरहेका आयोजनाको स्थलगत निरिक्षण



भक्तपुर, १४ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतसहितको टोलीले आर्थिक वर्ष २०७५/०७६ साल भर भक्तपुरमा भएका विकास निर्माणका आयोजनाहरुको आज स्थालगत निरिक्षण गरेको छ ।

संघिय सरकार, उपत्यका विकास प्राधिकरण तथा क्षेत्र विकास कोष (सांसद विकास)द्वारा बजेटबाट निर्माणाधीन आयोजनाहरुको कामलाई प्रभावकारिता, स्थायीत्व तथा दिगोपनाको लागि सांसद बस्नेतले स्थलगत निरिक्षण, सल्लाह, सुझाव तथा निर्देशन दिनुभएको छ ।

निरिक्षणका क्रममा सांसद बस्नेतले कुनै पनि आयोजनालाई प्रभावकारी ढंगले सम्पन्न गर्न निर्देशन दिनुभएको छ । उहाँले काममा कुनै कमि कमजोरी गर्नु नहुने बताउँदै विकासको काम दिगो र प्रभावकारी ढंगले गर्न निर्देशन दिनुभयो । उहाँले काम भइरहेका आयोजनाहरुमा भएका गल्ती र कमजोरीलाई सुधार गर्न निर्देशन दिँदै आगामी दिनमा कमजारी नगर्न समेत सचेत गराउनुभयो ।

सांसद बस्नेतको नेतृत्वमा सूर्यविनायक नगरपालिका उपप्रमुख जुना बस्नेत, वडा नं ८ का वडा अध्यक्ष किरण थापा, वडा नं ९ का वडा अध्यक्ष उपेन्द्र के.सी. लगायत वडा सदस्य ज्यूहरुको उपस्थितिमा सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोल र वडा नं ९ नंखेलमा स्थलगत निरिक्षण गर्नुभएको हो ।

१. सू.न.पा. ८, को सुर्यविनायक मन्दिरमा निर्माण भैरहेको वाटिका (पार्क) निर्माण,
२. सू.न.पा. ८ ,को लुथम्बु पाम्बु चुनदेवी जाने ६ मिटर सडक विस्तार र स्तरोन्नती,
३. सू.न.पा. ८, इटबु चुनदेवी जाने ८ मिटर सडक विस्तार र स्तरोन्नती,
४. सू.न.पा. ८, बाइटी बागमती कोलिष्टोर चख्खु खोला जाने ८ मिटर सडक विस्तार र स्तरोन्नती,
५. सू.न.पा. ८, झ्यालीपाटी भट्टराई टोल जाने ८ मिटर सडक विस्तार र स्तरोन्नती,

६. सू.न.पा. ८, जगाते चेकपोष्टबाट रेडक्रश जाने ८ मिटर सडक विस्तार र स्तरोन्नती,
७. सू.न.पा. ८ मा निर्माणाधिन २ लाख लिटर खानेपानी ट्याङ्की,
८. सू.न.पा. ९, नंखेल दिव्यडाँडा माजपाटी शान्ति भैरव जाने ८ मिटर सडक विस्तार र स्तारोन्नती,
९. सू.न.पा. ९, नंखेल दिव्यडाँडा, नंदिकेश्वर महादेव जाने ८ मिटर सडक विस्तार र स्तरोन्नती,
१०. सू.न.पा. ९ नंखेलको नंदिकेश्वर महादेवको निर्माणाधीन सतल,

११. सू.न.पा. ९, डोलेश्वर पलासे जाने ८ मिटर सडक विस्तार र कालोपत्रे,
१२. सू.न.पा. ९, नंखेल बागसिङ्ग मार्ग जाने ६ मिटर सडक विस्तार र स्तरोन्नती,
१३. सू.न.पा. ९, नंखेलको ख्याइजु टोल जाने ८ मिटर सडक विस्तार र स्तरोन्नती,
१४. सू.न.पा. ९, मा १५० घरधुरीलाई खानेपानी खुवाउने लक्ष्यका साथ निर्माणाधीन दिव्यश्वरी खानेपानी डिप बोरिङ्ग, ट्याङकी निर्माण र लाइन विस्तारको काम।