संखुवासभा, १४ असार । संखुवासभाको मकालु–२ बुङगिङमा खोलाले बगाएर २ वर्षीय बालकको मृत्यु भएको छ ।
मकालु गाउँपालिकामा बुङगिङका चिङगु शेर्पाका छोरा र छोरीलाई घरमा छाडेर च्याक्सेडाडाँ बजार गएका थिए । उनीहरू राति घर फर्केर आउँदा घरमा छोरी मात्र भेटिएकी थिइन् ।
प्रहरी र स्थानीयले खोजतलास गर्दा ५०० मिटर तल बालकलाई मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्