समाचार

मापसे गरेर कार चलाउँदा कार दुर्घटना



काठमाडौँ, १४ असार । काठमाडौँको जमलमा एक कार दुर्घटनामा परेको छ ।

शनिबार बिहान केशरमहलबाट जमलतर्फ गइरहेको बा ११ च ३६०४ नम्बरको कार दुर्घटना हुदा चालक बिजेन दुवाल श्रेष्ठ सामान्य घाइते भएका छन् ।

उक्त कारमा तीन जना सवार रहे पनि सबै सकुशल रहेको प्रहरीले जनाएको छ । ‘चालकले मापसे गरेर गाडी चलाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।  दुर्घटनाको क्रममा कारको ठक्करबाट सडक किनारमा रोकि राखेको एक पर्यटक माइक्रोमासमेत सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।