काठमाडौँ, १४ असार । नेपालको अन्तराष्ट्रिय छवि थप उजिल्याउने उदेश्यले सरकारले पहलोपटक राष्ट्रिय संवाद आयोजना गरेको छ ।
शनिबार काठमाडौँ म्यारियट होटलमा परराष्ट्र मन्त्रालयअन्तर्गतको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आइएफए)ले आयोजना गरेको संवादको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन ।
नेपालको विदेश नीतिलाई परिवर्तित विश्व व्यवस्था अनुकुल बनाउन उक्त कार्यक्रममा नेपालका राजनीतिक दलहरू, परराष्ट्र मामिला क्षेत्रमा अध्ययन अनुसन्धानरत संस्थाहरू एवं परराष्ट्र मामिला विज्ञहरू सहभागी रहेका छन् ।
राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर दुई उदयमान छिमेकी राष्ट्र भारत र चीनसँग सन्तुलित सम्बन्ध अघि बढाएको सरकारले यो संवादमार्फत विश्वमा देखा परेको नयाँ प्रविधिसँग नेपाललाई अभ्यस्त बनाउन सम्बद्ध विज्ञहरुसँग संवाद थालेको हो ।
उक्त संवादमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सहभागी विज्ञ र जानकारहरुसँग संवाद गदै उपयुक्त सुझावहरुलाई संग्रहीत गर्ने बताईएको छ ।










प्रतिक्रिया दिनुहोस्