सम्पादकीय

२० वर्षमा पनि बनेन सडक, सदरमुकाम पुग्न चार दिन हिड्छन् स्थानीय



काभ्रेको डाँडापारी क्षेत्रमा सडक खन्न सुरु गरेको २० वर्ष बितिसक्दा पनि बस चल्न सकेको छैन । डाँडापारी क्षेत्रका महाभारत गाउँपालिका र खानीखोला गाउँपालिकाका मानिस सदरमुकामबाट आफ्नो घर जान चार दिन पैदल हिँड्न बाध्य छन् ।

खानीखोला गाउँपालिकाको तालढुंगाका स्थानीय सदरमुकाम आउनुपर्दा चार दिनसम्म पैदल हिँड्नुपर्ने बाध्यता छ । ०५६ सालमा सुरु भएको खोपासी–तालढुंगा सडक निर्माण कार्य २० वर्ष वितिसक्दा पनि पूरा भएको छैन । यो समाचार आजको कारोबार दैनिकमा छ ।