समाचार

चोरीका मोटरसाइकलसहित चार जना पक्राउ



चितवन, १५  असार । चितवन बाट चोरीका मोटरसाइकलसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भरतपुर महानगरपालिका शारदानगर रानीपोखरीस्थित रोहित मोटरसाइकल वर्कशपमा नेपाल तथा भारतबाट चोरीका मोटरसाइकल ल्याएर बिभिन्न पार्ट पुर्जाहरु परिर्वतन गरि बिक्रिविरण गर्ने २१ वर्षीय रोहित श्रेष्ठ, बाराकोका १९ वर्षीय कृष्ण शाह,  १८ वर्षीय महाविर चौधरी र भारतीय नागरीक १४ वर्षीय राजा कुमारलाई  प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुबाट मोटरसाइकल २६ थान, ईन्जिन नभएको च्यासिसहरु ८ थान, च्यासिस नभएको ईन्जिनको ढिक्का ६ थान, ईन्जिन नम्बर देखिएको ईन्जिनका कभर ९ थान, नम्बर मेटाएको च्यासिस् ३ थान, नम्बर मेटाएको ईन्जिन २ थान बरामत भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।