काठमाडौँ, १५ असार । इन्धन बिक्रेता (डिलरसीप) प्राप्त गर्न देशभरबाट उत्साहजन रूपमा आवेदन परेको छ । नेपाल आयल निगमले इन्धन बिक्रेता नियुक्त्त गर्न वैशाख १७ गते ६० दिने (असार १४ सम्म) आवेदन मागेको थियो ।
यस अवधिमा देशभरबाट ९ सय ३९ वटा आवेदन परेको छ । निगमका प्रवत्ता वीरेन्द्र गोइतका अनुसार सबैभन्दा बढी प्रदेश २ बाट आवेदन परेको छ। सबैभन्दा कम कर्णाली प्रदेशबाट जम्मा १६ वटा मात्रै आवेदन दर्ता भएको छ ।
यस्तै प्रदेश १ का लागि १ सय ८९, प्रदेश ३ का लागि १ सय २१, गण्डकी प्रदेशका लागि २७, प्रदेश ५ का लागि २ सय सात र सुदूरपश्चिमबाट ५२ वटा आवेदन दर्ता गरिएको छ । याे समाचार आजकाे अन्नपूर्ण पोस्ट दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्