एजेन्सी, १५ असार । सन् १९९२ देखि एप्पलमा काम गर्दै आएका एप्पलका प्रमुख डिजाइन अधिकृत जोनी आइभले कम्पनी छाड्ने घोषणा गरेका छन् ।
आइभले कम्पनी छाड्ने घोषणापछि एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले एउटा वक्तव्य जारी गर्दै आइभले एप्पललाई पु¥याएको योगदानको प्रशंसा गरेका छन् ।
डिजाइन क्षेत्रमा महत्वपूर्ण कामको लागि उनले कयैन डिजाइनसम्बन्धी पुरस्कार जितेका छन् ।










प्रतिक्रिया दिनुहोस्