समाचार

आजको मौसम



काठमाडौँ, १५ असार । आज काठमाडौँ लगायत  देशका विभिन्न ठाँउमा बदलि र वर्षाको सम्भावना रहेको छ ।

पश्चिममा रहेको बादली पूर्वतर्फ बढ्दै गरेको कारण पूर्वका एक-दुई स्थानहरुमा भने भारी बर्षा पर्ने साथै देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बेलुकीदेखि रातिको समयमा समेत देशभर सामान्य बदलि भइ पुर्व र मध्यका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।