काठमाडौँ, १५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दर, सुरक्षित र समृद्ध नेपाल बनाउन सबै लाग्नुपर्ने बताएका छन ।
आइतबार काठमाडौँमा श्रम तथा रोजगार सम्मेलन उदघाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा गरिबी र बेरोजगारी अन्त्य हुने दाबी गरेका छन् ।
उनले भने, ‘मैले गरेको राम्रो कामको चर्चा नगर्दा पनि हुन्छ । च्यातेर डस्टबिनमा फालिदिए पनि हुन्छ, तर काम चाहिँ गर्नुपर्छ । सुन्दर, सुरक्षित, समृद्ध नेपाल बनाउन सबै लाग्नुपर्छ ।’
रोजगारी सिर्जना र गरिबी अन्त्यका लागि जीवनउपयोगी शिक्षा दिनुपर्ने बतुड़ाई कृषिमा आधुनिकीकरण, व्यवसायीकरण र औद्योगिकीकरण गर्नैपर्ने बताए ।
उनले भने, ‘कृषि प्रणाली पुरानो छ । बारीमा करेला फल्छ, अदुवा फल्छ तर आफूले खाएर बढी भएको बजारमा लैजान सक्ने अवस्था छैन । चार बोट सुन्तला लगाएर विदेश निर्यात गर्न सकिँदैन । ‘कृषिमा आधुनिकीकरण, व्यवसायीकरण र औद्योगिकीकरण गर्नुपर्छ ।’ ‘सम्मानजनक काम र न्युनतम पारिश्रमिकको व्यवस्था गरियो भने देशभित्रै रोजगारी सिर्जना गर्न सकिन्छ । शिक्षा क्षेत्र बेरोजगार उत्पादन गर्ने थलो भएको छ । शैक्षिक प्रमाणपत्र समस्या होइन, समाधान बन्नुपर्छ । शिक्षा प्रणालीलाई जीवनपयोगी बनाउनुपर्छ ।’










प्रतिक्रिया दिनुहोस्