राजनीति

स्वदेशमै रोजगार सिर्जना गरौं, कृषिमा आत्मनिर्भर बनौं : पूर्वप्रधानमन्त्री भट्टराई



गोरखा, १५ असार । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले स्वदेशमै रोजगार सिर्जना गरि कृषिमा आत्मनिर्भर बन्नलाईआग्रह गरेका छन ।

आज राष्ट्रिय धान दिवसको अवसरमा समाजवादी पार्टी संघीय परिषद अध्यक्ष समेत रहेका भट्टराई आफ्नो गृह जिल्ला गोरखामा रोपाइँमा सामेल भई हलो जोत्ने, बाउसे गर्ने र धानसमेत रोपेका छन् ।

उनले बाउसे गरेको र धान रोपेको तस्विरहरु आफ्नो ट्विटर पेजमा पोष्ट गर्दै लेखेका छन्, ‘पालुंगटार नगरपालिका र सफल मल्टीपर्पोज कृषि फर्मको आयोजनामा पुख्र्यौली थलोमा रमाइलो राष्ट्रिय धान दिवस मनाइयो१ कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा जोड दिउँ, स्वदेशमै रोजगार सिर्जना गरौं१ कृषिमा आत्मनिर्भर बनौं !’