सम्पादकीय

काठमाडौँमा हिजाे मात्र ७ करोडको दही बिक्री



उपत्यकामा एक दिनमै सात करोड रुपैयाँको दही बिक्री भएको छ। असार १५ मा धान दिवस मनाउने र दही चिउरा खाने चलन छ ।

यसले गर्दा एक दिनमै दहीको कारोबार यति धेरै भएको हो । यो वर्ष असार १५ गते उपत्यकामा मात्रै ७ लाख लिटर दही बिक्री भएको छ । यसलाई पैसामा परिणत गर्दा ७ करोड मूल्यबराबरको कारोबार भएको देखिन्छ ।

दहीको औसत मूल्य एक सय रुपैयाँ प्रतिलिटर छ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)सहित निजी क्षेत्रको ३० वटा डेरीबाट उत्पादित यो परिणाममा दहीको कारोबार भएको हो । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।