काठमाडौँ, १६ असार । नुवाकोटमा कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ ।
आइतबार विदुर नगरपालिकाले कृषक समूह, फार्म र सहकारीलाई असारे धान दिवसको अवसरमा विदुरमा एक कार्यक्रमको आयोजना गरी २२ वटा हाते ट्र्याक्टर वितरण गरेको हो ।
कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले एक कृषक एक उपकरण पु¥याउने विदुर नगरपालिकाको योजनाअनुसार ट्र्याक्टर वितरण गरेको बताए । त्यस्तै विदुर नगरपालिकाका शिक्षा शाखा प्रमुख दिवाकर चापागाईंले कृषकलाई प्रोत्साहन गर्न र उत्साही र खाद्यान्नमा आत्मनिर्भर बनाउन ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको बताए ।










प्रतिक्रिया दिनुहोस्