सम्पादकीय

विरामीको उद्धारका लागि सरकारले हवाई एम्बुलेन्स चलाउने



बिरामीको उद्धारका लागि हवाई एम्बुलेन्स सञ्चालन गर्नेलगायत महत्वपूर्ण योजना समेटेर सरकारले ‘राष्ट्रिय स्वास्थ्य नीति २०७६’ सार्वजनिक गरेको छ । सरकारी अस्पतालमा अनलाईन टिकटको व्यवस्था गर्ने बुँदासमेत नयाँ स्वास्थ्य नीतिमा समेटिएको छ ।

यो कार्यान्वयनमा आएपछि बिरामीले चाहेको सरकारी अस्पतालमा रोजेको डाक्टरसँग अनलाईनबाट समय लिएर जँचाउन सक्नेछन् । सरकारी अस्पतालमा बिरामीको बढ्दो चाप व्यवस्थापन गर्न ई हेल्थ सेवा सुरु गर्न लागिएको स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।