समाचार

डिजे पड्किँदा एक जनाको मृत्यु



काठमाडौँ, १६ असार । महोत्तरीमा डिजे बाजा बजाउने क्रममा एक जनाको मृत्यु भएको छ ।

सोमबार भङ्गहा नगरपालिका–२ सिङ्ग्याहीमा सन्तोष साहकी छोरीको विवाहमा ल्याइएको डिजे बाजा बजाउने क्रममा विद्युत् चुहिएर डिजे विष्फोट हुँदा मनराशिशवा नगरपालिका–४ का १९ वर्षीय सञ्जय पण्डितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

रथमा डिजे बाजा राखेर मोबाइलबाट गीत बजाउँदै बस्ती घुम्ने क्रममा विद्युत् चुहिएर विष्फोट हुँदा पण्डितको मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

विद्युत् चुहिएर रथबाट ढलेका पण्डितलाई तत्काल जनकपुर अञ्चल अस्पताल पु¥याइएको थियो । चिकित्सकले त्यहाँ पण्डितलाइ मृत घोषित गरेका थिए । घटनापश्चात डिजे बाजासहित विवाहमा आएको रथलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।