सम्पादकीय

अब दुईपांग्रेकाे लाइसेन्स लिन पनि १८ वर्ष पुग्नै पर्ने



प्रदेश ३ सरकाले १८ वष पुगेपछि मात्रै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) दिने कानुन बनाएको छ । हालको कानुनअनुसार १६ वर्ष पुगेपछि दुईपांग्रे सवारीको लाइसेन्स लिन सकिन्छ । नयाँ व्यवस्थासहितको प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको ऐन २०७५ १८ माघ मै राजपत्रमा प्रकाशित भएको छ ।

नयाँ प्रावधान लागू गर्न प्रदेश सरकारले केन्द्रीय सरकारलाई आग्रह गरेको छ । यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङकी प्रमुख कमला थापाले केन्द्रीय सिस्टम अनुसार नै काम हुने भएकाले नयाँ कानुन लागू हुन नसकेको बताइन् ।

‘प्रदेश ३ सरकारले बनाएको कानुनमा लाइसेन्सका लागि १८ वर्ष उमेर पुग्नुपर्ने प्रावधान छ ।’उनले भनिन्, ‘नयाँ प्रावधान लागू गर्न हामीले यातायात व्यवस्था विभालाई भनेका छौं । तर विभागको सिस्टम परिवर्तन नभएकाे खबर आजकाे नयाँ पत्रिका दैनिकमा छ ।