समाचार

आमा र शिशुको हेलिकप्टरमार्फत उद्धार



बागलुङ, १८ असार । बागलुङ ढोरपाटन नगरपालिका–९ बोबाङकी २१ वर्षीय कमला विक र उहाँको नवजात छोरालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा विकलाई मंगलबार शल्यक्रिया गरेर प्रसूति गराइएको र जन्मेका विकका नवजात छोराको मुटुको गति असामान्य भएपछि चिकित्सकले तत्कालै सुत्केरी आमा र नवजात शिशुलाई पोखरा ‘रिफर’ गरेपछि उपचारका लागि हेलिकप्टबाट पोखरा लगिएको हो ।

गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयको पहल तथा समन्वयमा सुत्केरी आमा र नवजात शिशुको उद्धार गरिएको हो । हेलिकप्टरदेखि उपचारमा लाग्ने सबै खर्च मन्त्रालयले व्यहोर्ने जनाइएको छ ।