राजनीति

प्रदेश सांसद गुरुङ नेकपा प्रवेश गर्दै



पोखरा, १८ असार । प्रदेश सांसद दीपक मनाङेका नामले चिनिने राजीव गुरुङ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्नुहुने भएको छ ।

उहाँलाई गण्डकी प्रदेशका मुख्यमन्त्री र नेकपाका गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले बिहीबार पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ ।
मनाङको क्षेत्र नम्बर ‘ख’ बाट स्वतन्त्र उमेद्वार बन्नुभएका गुरुङले नेकपाकै समर्थनमा चुनाव जित्नुभएको थियो ।