डोटी, १९ असार । डोटीमा सर्पको टोकेर एक महिलाको मृत्यु भएको छ ।
बुधबार शिखर नगरपालिका-२ को कालागाड बस्ने जमुनादेवी कार्कीको खेतमा काम गर्न जाने क्रममा सर्पले टोकेर मृत्यु भएको हो ।
उनलाई उपचारका लागि सुजङ्ग अस्पताल राजपुरमा पुर्याइएको र थप उपचारका लागि नेपाली सेनाको सुदूरपश्चिम पृतना हेडक्वाटरमा रहेको सर्पदंश उपचार केन्द्रमा उपचार गराउने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्