राजनीति

विप्लवसँग वार्ता गरि समस्याको समाधान खोज्नु आवश्यक : उपसभामति निधि



चितवन, १९ असार । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले विप्लव नेतृत्वको प्रतिबन्धित पार्टी नेकपालाई वार्तामार्फत मूलधारमा ल्याउनुपर्ने बताएका छन ।

बिहीबार नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपसभापति निधिले कुनै पनि राजनीतिक दललाई प्रतिबन्ध लगाउनु लोकतन्त्रमा राम्रो नभएकाले वार्तामार्फत समस्याको समाधान खोज्नु आवश्यक रहेको बताए ।

हतियार उठाएर व्यक्तिगत स्वार्थका लागि हिँड्न नहुने बताउदै निधिले काँग्रेसभित्र गुटबन्दी नरहेको बताएका छन । उनले भने, ‘काँग्रेस प्रजातान्त्रिक पार्टी भएका कारण आफ्ना धारणाहरु बाहिर आउँदैमा त्यसलाई गुट-उपगुट छ भन्नु हुँदैन ।’

गुट–उपगुटमा नलागी जनताको भरोसामा केन्द्रित हुँदै काम गर्ने समय आएको निधिले बताए ।