Banner News

आईफाबारे अनावश्यक हल्ला चलाइयो : प्रधानमन्त्री ओली



काठमाडौँ, २० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आईफा अवार्डबारे अनावश्यक हल्ला चलाइएको बताएका छन् ।

शुक्रबार समाजवादी पार्टीका नेताहरुलाई पार्टी प्रवेश गराउन आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले २० लाख पर्यटक भित्र्याउने सरकारको योजना असफल बनाउन अवार्डबारे अनावश्यक हल्ला चलाइएको बताउदै अवार्ड रोक्न संसदीय समितिले दिएको निर्देशन समेत अनधिकृत भएको दाबी गरेका छन ।

प्रधानमन्त्री ओलीले भने, ‘थोरै लगानीमा धेरै प्रतिफल पाउने गरी निर्णय गरेका थियौं । तर अर्बौं खर्च भनेर हावा कुरा गरियो । लौ सर्वनाश हुने भयो भनेर अनाधिकृत निर्देशन दिन लगाइयो ।’

आज समाजवादी पार्टीका सचिवालय सदस्यद्वय देवेन्द्र पराजुली र कल्पना धमला नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० प्रवेश गरेका छन् । साथै पराजुली, धमलासँगै गुणाखर बस्याल, मनु हुमागाईलगायतका समाजवादी पार्टीका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराएका हुन् ।