राजनीति

प्रदेश नं. एकको बजेट बहुमतद्वारा पारित



विराटनगर, २१ असार । प्रदेश नम्बर एकको बजेट बहुमतद्वारा पारित भएको छ ।

प्रदेश सरकारले ल्याएको विनियोजन विधेयक पारित भए संगै प्रदेश बजेट पारित शुक्रवार भएको हो । एक नम्बर प्रदेश सरकारले अषाढ १ गते आर्थिक वर्ष ०७६/७७ का लागि ४२ अरब २० करोड ४ लाख रुपैया बराबरको बजेट ल्याएको थियो ।  आर्थिक मामिला तथा योजना मंत्री इन्द्र आङ्बोले विनियोजना विधेयकको प्रस्ताव बहुमतले पारित गरेको थियो ।