समाचार

लिबियाबाट बाँचेर स्वदेश फर्किए आठ नेपाली



काठमाडौँ, २१ असार । अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) को सहयोगमा द्वन्द्वग्रस्त मुलुक लिबियाबाट शुक्रबार आइपुगेका आठ नेपालीले महिनौं लामो कष्टकर बसाइपछि बल्लतल्ल बाँचेर नेपाल फर्किएको बताएका छन् ।

गत मंगलबार त्रिपोली नजिकैको एक आप्रवासी कामदार बस्ने क्याम्पमा विद्रोही समूहले गरेको हवाई आक्रमण्मा उनीहरूसँगै लिबिया पुगेका लमजुङ बेंसीसहरका सन्तोष श्रेष्ठको मृत्यु भएको थियो ।

त्रिपोलीबाट अवैध रूपमा डुंगा चढेर इटाली छिर्न खोजेका आठ जनालाई भने सामुद्रिक सुरक्षा गार्डले फर्काएपछि झन्डै एक महिना क्याम्पमा बसेर उनीहरू नेपाल फर्किएका हुन् । यसरी फर्कनेमध्ये एक थिए– लमजुङ बेंसीसहरका दिनेश बस्नेत । शुक्रबार बिहान ७ बजे विमानस्थल बाहिर भेटिएका दिनेशसहितले आफ्ना दुःखपूर्ण लिबिया यात्राको वृत्तान्त सुनाए । याे समाचार आजको कान्तिपुर दैनिकमा छ ।