काठमाडौँ, २१ असार । लापरवाही र नियम उल्लघंन गरी सवारीसाधन चलाउने चालकहरु सिसी क्यामेरा जडानपछि निकै हदसम्म तह लागेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले सञ्चालनमा ल्याएको सिसी क्यामेराको प्रयोग प्रभावकारी बन्दै गएको छ । सिसी क्यामेरा जडानपछि काठमाडौं महानगरमा सवारी दुर्घटनाको सङ्ख्या घट्न थालेको छ ।
सिसी क्यामेरा जडान गरेसँगै ट्राफिक प्रहरीको आँखा छलेर लाइन मिच्ने, जथाभावी बाटो काट्ने सवारीचालक कारबाहीको दायराबाट उम्किन नपाएको महाशाखाले जनाएको छ । यो समाचार आजको नागरिकमा छापिएको छ ।










प्रतिक्रिया दिनुहोस्