समाचार

‘मोस्ट वान्टेड’ सूचीमा रहेका एक जना पक्राउ



काठमाडौँ, २१ असार ।  काठमाडौँमा  ‘मोस्ट वान्टेड’ सूचीमा रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार बिहान आधा दर्जन अपहरण, फिरौती र हत्या घटनामा संलग्न भएको अभियोगमा कपिल्वस्तुका नसिम खानलाई

बानेश्वरबाट पक्राउ गरेको हो ।

खानले पछिल्लो पटक २०७४ फागुनमा मोहम्मद रहमानको हत्या गरी फरार भएको र रहमानसहित खानले ८ जनाको हत्या गरेको प्रहरीले जनाएको  छ ।