काठमाडौँ, २१ असार । काठमाडौँ ट्याक्सीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
आज बिहान बबरमहलमा बा २ ज ११८८ नम्बरको ट्याक्सीले बा ८३ प ४०३५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा ओखलढुंगाको सुनकोशी गाउँपालिका–८ का दीपक थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा स्कुटर चालक काभ्रेको पनौतीका रोहितसिंह ठकुरी घाइते भएका छन् । ठकुरीको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ ।
उक्त घटनाबारे थप अनुसन्धान भईरहेको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्