विश्व

अमेरिकाका फेरि गयाे ७.१ म्याग्निच्युटकाे भूकम्प



एजेन्सी, २१ असार । अमेरिकामा फेरि ७ दशमलव १ म्याग्निच्युटका शक्तिशाली भूकम्प गएको छ ।

शनिबार क्यालिफोर्निया राज्यमा ७ दशमलव १ म्याग्निच्युटका शक्तिशाली भूकम्प गएको र यसले पुर्याएको क्षतिका विवरण भने आउँन बाँकी रहेको छ ।

बिहीबार मात्रै सो राज्यका रिडगेक्रेस्ट शहरलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव २ म्याग्निच्युटका भूकम्प गएको थियो । बिहीबारको भूकम्पपछि वैज्ञानिकहरुले ठूलो भूकम्प आउन सक्ने भन्दै सचेत गराएका गराएका थिए ।

स्थानीय समयअनुसार शुक्रबार बिहान मात्रै ५ दशलव ४ म्याग्निच्युटको पराकम्प गएको थियो ।