काठमाडौँ, २१ असार । पश्चिम बंगालको एउटा सरकारी विद्यालयले केटा र केटीका लागि एक दिन बिराएर फरक कक्षा सञ्चालन गरेको छ ।
पश्चिम बंगालको मालदाको हबीबपुर क्षेत्रको गिरिजा सुन्दरी विद्या मन्दिर नामको विद्यालयले छात्रालाई जिस्काउने कार्य रोक्नको लागि छात्र र छात्रालाई अलग–अलग दिन पढाउन निर्देशन दिएको हो ।
अहिले विद्यालयमा अध्ययनरत केटीलाई सोमबार, बुधबार र शुक्रबार पढाइने फैसला गरिएको छ । त्यस्तै केटाका लागि भने मंगलबार, बिहीबार र शनिबार कक्षा हुनेछ ।
यस निर्णय प्रति प्रशासनले असन्तुष्टि व्यक्त गरेको छ । उसले यस कदमलाई ‘अनौठो’ भन्दै यसलाई तत्काल फिर्ता लिन भनेको छ । विद्यालयका प्रधानाध्यापक रवीन्द्रनाथ पाण्डेले छात्रालाई जिस्काएको घटना सार्वजनिक भएपछि यो कदम उठाउन बाध्य भएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्