राजनीति

संसारभरका नेपालीको मन र भावनालाई समेटेर अगाडि बढ्छौं : मुख्यमन्त्री राई



काठमाडौँ, २१ असार । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संसारभर छरिएर रहेका नेपालीहरुको मन र भावनालई समेटेर अगाडि बढ्ने बताएका छन् ।

अमेरिकाको बाल्टिमोरमा शुरु भएको नेपाली राष्ट्रिय सम्मेलनको पहिलो दिनको कार्यक्रममलाई सम्बोधन गर्दे मुख्यमन्त्री राईले नेपाल राष्ट्रको विकास र नेपाली जनताको समृद्धिका लागि संसारभर छरिएर रहेका नेपालीहरु एक भएर अगाडि बढ्नु पर्ने बताएका हुन् ।

उनले भने, ‘नेपाल विकास र समृद्धिको महाअभियानमा अगाडि बढिसकेको छ ।’ ‘यो अभियानमा तपाईहरुको पनि योगदान आवश्यक छ ।’

नेपाली मन र भावनालाई नेपाल राष्ट्र निर्माणको महान अभियानमा जोड्न् आफूहरु लागि रहेको र विगतमा नेपाल विभिन्न कारणले पछि परेको भए पनि यतिबेला नेपाल तिब्र गतिमा अगाडि बढिरहेको बताए ।