रुपन्देही, २२ असार । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले धेरै वर्षसम्म अरु मुलुकले विप्रेषणमा धानिने मुलुकका रुपमा मात्रै नेपाल चित्रित भए पनि १६ महीनाको अवधिमा नेपाल आफ्नो नाम र कामले चिनिन थालेको बताउनुभएको छ ।
गुल्मी रुपन्देही सम्पर्क मञ्च, क्षेत्र नं १ ले आज बुटवलमा आयोजना गरेको विशेष भेटघाट कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले मन्त्री ज्ञवालीले जनताको आशालाई निराशामा परिवर्तन हुन नदिने अठोट व्यक्त गर्नुभयो ।
उहाँले जिल्लाका जनताले अपनत्व महसुस गर्ने हिसाबले सरकारले रोजगार र सामाजिक सुरक्षा कार्यक्रम अगाडि बढाएकाले जीवनस्तरमा परिवर्तनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री ज्ञवालीले सरकारले सबै प्रदेशका जिल्लामा भौतिक पूर्वाधार, कृषि, पर्यटन, शिक्षालगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।
परराष्ट्रमन्त्री ज्ञवालीले कालीगण्डकी करिडोर र मदन भण्डारी राष्ट्रिय राजमार्गसँग जोडिने भएका कारण गुल्मीको भविष्य उज्वल रहेको बताउनुभयो । कालीगण्डकी करिडोरले संसारका दुई ठूला बजारलाई जोड्ने भएकाले भविष्यमा यसले देशको मुहार फेर्ने उहाँको विश्वास छ ।
मन्त्री ज्ञवालीले देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्यको सूचीमा रुरु, रेसुङ्गा र सत्यवती रहेकाले यी क्षेत्रको विकासलाई प्राथमिकता दिने बताउनुभयो । मन्त्री ज्ञवालीले आगामी दुई वर्षमा जिल्लाका हरेक घरमा पानीका धारा पु¥याउने र खरको छानो विस्थापन गर्ने कार्यलाई पूर्णता दिने प्रतिबद्धता जनाउनुभयो । उहाँले लगानीअनुसार शिक्षामा प्रतिफल नआएकाले जिल्लामा प्राविधिक शिक्षालाई प्राथमिकता दिइएको बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्